आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

२०८२ आश्विन १०, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ६२६३ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -१० असोज ।

बडादशैं सुरु भएको नवरात्रको पाँचौं दिनमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। नव दुर्गा भवानीका नौ वटा रुपमध्यकी स्कन्दमाता दुर्गाको पाँचौं स्वरूप हुन्।
स्वास्थानीको कथामा उल्लेख भएका स्कन्दकुमारकी माता भएकीले उहाँको नाम स्कन्दमाता रहेको हो। गोरो वर्ण भएकी चार हात भएकी यिनी देवीको काखमा ६ मुख भएका स्कन्द (कुमार) बस्नु भएको छ।

यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक– एक देवीको पुजा आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु भक्तजनहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्।

सनातन धर्मग्रन्त तथा पुराणहरूमा वर्षमा चार नवरात्र पर्छ छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑