
नारी वाटिका संवाददाता
रामेछाप -१० असोज ।
रामेछापको भटौली केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सुक्रबार दिउँसो दुई बजेर १४ मिनेटको समयमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई चार म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि यही असोज १ गते पनि पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।












प्रतिक्रिया दिनुहोस