आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

कारागारबाट फरार कैदीबन्दीको खोजी गर्न कार्यदल गठन

२०८२ आश्विन ११, शनिबार मा प्रकाशित ( १ महिना अघि) ३८४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ ११ असोज ।

सरकारले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी खोजीका लागि कार्यदल गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजक्त्व ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको हो । सोही कार्यदलमा सम्बन्धित जिल्लाका प्रजिअ संयोजक रहने र अन्य निकायका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था गरिएका छन् ।

गठित कार्यदलले फरार रहेका कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले कारागारबाट फरार कैदीबन्दीहरूलाई अविलम्ब कारागारमा फिर्ता हुन आग्रह गरिरहेको भएता पनि २।४ जना बाहेक अझैसम्म ७ जहारभन्दा माथी कैदीबन्दीहरु फरार नै छन् ।

कार्यदललाई गत भदौ २३(२४ गते अगाडिको कारागारको अवस्था अनुसार कायम रहेको अभिलेख बमोजिम हाल फर्की आएका र आउने कैदीबन्दीहरूको व्यहोरा रुजु गरी फर्किन बाँकी रहेका कैदीहरूको दैनिक अभिलेख व्यवस्थित बनाउन कार्यदेश रहेको छ ।

त्यसैगरी फर्किन बाँकी कैदीबन्दीहरूको सम्बन्धमा असोज २० गतेभित्र कारागार फर्की आउन र सोही समयभित्र फर्की नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानून बमोजिमको थप कारबाही हुने कार्यदेशमा उल्लेख गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस