आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

यसपटक काँग्रेसले कोजाग्रत पुर्णिमामा चियापान कार्यक्रम नगर्ने

२०८२ आश्विन १२, आईतबार मा प्रकाशित ( १ महिना अघि) ३४७३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १२ असोज।

कांग्रेसले यसपटकको कोजाग्रत पुर्णिमामा चियापान कार्यक्रम नगर्ने भएको छ ।

दशैं सकिएलगतै नेपाली काँग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको हो । जेनजी आन्दोलनको आक्रमणमा पर्नु भएका सभापति देउवा उपचारमा रहनु भएकोले कांग्रेसले यो वर्ष कोजाग्रत पुर्णिमामा चियापान कार्यक्रम नगरिने भएको हो ।

विसं २०३३ मा बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ का साथ स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो।

सो सम्वन्धमा कांग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमसँगै नागरिकहरू शोकमा रहेका तथा पार्टी कार्यालयमा आगजनी र पार्टी सभापति शेर वहादुर देउवासहित पत्नी आरजु राणासमेत आन्दोनकारीको आक्रमणमा परी उहाँ उपचार्थ हुनुहुन्छ । अझै मुख्य कारण त जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा घुसपैठ भई ७२ जनाले ज्यान गुमाईसकेका छन् भने सयौं व्यक्तिहरु घाईते अवस्थामा छन् ।

पछिल्लो समयमा नेपाली समाजमा उच्च हिसावले त्रास छाएको अवस्था छ । तापनि नेपाल प्रहरी लगायतका देशका सुरक्षा टोलीले सान्ती सुरक्षा कायम गर्न तिब्रगतिमा लागेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस