आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

अर्घाखाँचीमा यात्रु बोकेको मिनिबस दुर्घटना,दुई जनाको मृत्यु

२०८२ आश्विन १३, सोमबार मा प्रकाशित ( ७ महिना अघि) ६६०४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

अर्घाखाँची -१३ असोज ।

बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको मिनिबस गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटना भएको लु १ ज ४७२३ न को दशैंको यात्रु बोकेको गाडी अर्घाखाँची जिल्लाको सालझण्डी–सन्धिखर्क) ढोरपाटन सडक खण्डको अर्घाखाँची सन्धिखर्क नगरपालिका–९ अर्घा टारीमा राति दुई बजे दुर्घटना भएको हो।

मृतक दुवैको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा परी तीन जना घाईतेको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार २५ जना यात्रु बोकेको उक्त गाडीमा अरू यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस