आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

तुइन खोलामा आज फेरी सुक्खा पहिरो खसेर सडक पूर्ण अवरुद्ध बनायो

२०८२ आश्विन १३, सोमबार मा प्रकाशित ( १0 महिना अघि) ९२०८ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

चितवन -१३ असोज ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज फेरी सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनाएकोछ।

शोमबार अपरान्ह १२ बजे खसेको सुख्खा पहिरोका कारण तुइन खोलास्थित सडक दुईतर्फी रुपमा अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।

आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ । पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ। अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको बताइएकोछ। सोही क्षेत्रमा गत हप्ता पनि यसैगरी निरन्तर ठुलो मात्रामा पहिरो खसेर ४८ घण्टसम्म दुवै तर्फ यातायात सञ्चालन गर्न ।सकिएको थिएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस