आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

दसैँका लागि एकैदिनमा १ लाख ११ हजारभन्दा बढीले उपत्यका छाडे

२०८२ आश्विन १४, मंगलबार मा प्रकाशित ( ३ हफ्ता अघि) ३१९४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ- १४ असोज ।

देशका विभिन्न स्थानमा घर भई रोजगारी तथा अध्ययनका लागी बस्नेहरु दसैँका लागि एकैदिनमा १ लाख ११ हजारभन्दा बढीले उपत्यकाबाट बाहिरिएका छन् । यसरी दशैंका लागी आ आफ्ना घर जाने यात्रुहरूको कारण यतिवेला सार्वजनिक यातायातमा तीव्र रूपमा चाप बढेको हो।

पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६१३ सवारी साधनबाट १ लाख ११ हजार ६३९ यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापना (असोज ६) देखि असोज १३ गते बिहानसम्म जम्मा ८३ हजार ८७ सवारी साधनमार्फत ४ लाख ६० हजार ९७७ यात्रु उपत्यका बाहिरिएका थिए।

त्यसैगरी उपत्यकामा घर भई देशका विभिन्न स्थानमा बसोबास गर्नेहरु उपत्यका भित्रिनेको सङ्ख्या पनि उल्लेख्य छ। सोही अवधिमा ६१ हजार ७८१ सवारी साधनमार्फत २ लाख ५२ हजार ७५५ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस