आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

दशैँभर मनसुन सक्रिय, केही स्थानमा भारीदेखि अति भारी वर्षा

२०८२ आश्विन १५, बुधबार मा प्रकाशित ( ९ महिना अघि) ८९९१ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ – १५ असोज ।

हाल मनसुनी गतिविधि सक्रिय भएको अवस्था छ । त्यसकै कारण देशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको बडादसैँ अवधिभर देशभर मनसुनी वायुको प्रभाव जारी रहने जनाएको छ। असोज १९ गते त्रयोदशीसम्म देशका विभिन्न प्रदेशमा हल्कादेखि अति भारी सम्मको वर्षाको सम्भावना रहेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी भुभागमा आंशिक बदली रहेको छ। हिजैदेखी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

देशका विभिन्न प्रदेशमा त्रयोदशीसम्म वर्षा हुने महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा भारीदेखी अति भारी वर्षा हुने भएकोले दशैँ यात्रा तथा पर्वका गतिविधिमा सतर्कता अपनाउन सुझाव दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस