आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

पाँचथरमा बोलेरो दुर्घटनामा परी ६ जनाको मृत्यु ६ घाइते

२०८२ आश्विन १८, शनिबार मा प्रकाशित ( ३ हफ्ता अघि) २४१९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

पाँचथर- १८ असोज ।
पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ कात्तिके डाँडामा आज भएको बोलेरो गाडी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

शनिबार ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी बिहान तमोर करिडोरमा दुर्घटना भएको हो । पाँचथर प्रहरीका वरिष्ठ सइ तथा सूचना अधिकारी मनोजकुमार यादवका ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएको बताउनु भखो ।

मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिनु भयो। अरु घाईतेहरूको उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूको परिचय खुलेको बाँकी छ ।

उक्त बोलेरो गाडी दर्घटना भएको स्थलमा फिदिम सदरमुकामबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थल तर्फ पठाईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस