
नारी बाटिका
नारी वाटिका संवाददाता
पाँचथर- १८ असोज ।
पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ कात्तिके डाँडामा आज भएको बोलेरो गाडी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
शनिबार ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी बिहान तमोर करिडोरमा दुर्घटना भएको हो । पाँचथर प्रहरीका वरिष्ठ सइ तथा सूचना अधिकारी मनोजकुमार यादवका ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएको बताउनु भखो ।
मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिनु भयो। अरु घाईतेहरूको उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूको परिचय खुलेको बाँकी छ ।
उक्त बोलेरो गाडी दर्घटना भएको स्थलमा फिदिम सदरमुकामबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थल तर्फ पठाईएको छ।








प्रतिक्रिया दिनुहोस