आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

पछिल्लो २४ घण्टामा सवै भन्दा बढी वीरगञ्जमा १८२ मिमि वर्षा

२०८२ आश्विन १८, शनिबार मा प्रकाशित ( ५ महिना अघि) ४६५१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- १८ असोज ।

असोज १७ गतेदेखी नेपालमा सक्रिय भएको मनसुनी प्रभावका कारण देशभर वर्षा भैइरहेको छ । साथै आज भारी वर्षा प्रणालीका कारण पछिल्लो २४ घण्टामा पर्साको वीरगञ्जमा सबैभन्दा धेरै वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा मात्रै वीरगञ्जमा १८२ मिलिमिटर पानी परेको छ।

त्यसैगरी बाराको कलैयामा १७६ मिलिमिटर, रौतहटको गौरमा १६२ मिलिमिटर र रौतहटकै महेशपुरमा १४४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

अझै २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा हुनु चेतावनी तह ( पार गरेको मानिन्छ। यी चारवटै वर्षा मापन केन्द्रमा चेतावनी तह पार भएकाले नारायणी, बागमती, लल्बकैया लगायतका नदीहरूमा पानीको सतह बढ्ने र तटीय क्षेत्रमा डुबानको सम्भावना रहेको विभागले जनाएको हो।

विभागले ४ देखि ६ अक्टोबरसम्म देशका मध्य र पूर्वी भूभागमा अझै भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन पनि सम्वन्धित निकायहरुले आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस