आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

लाङटाङ गएका १६ जना मध्ये खोलाले वगाएर चार जना वेपता

२०८२ आश्विन १९, आईतबार मा प्रकाशित ( २ हफ्ता अघि) १९२३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रसुवा -१९ असोज ।

रसुवाको लाङटाङ ट्रेकिङ गएका १६ जना युवाहरु मध्ये ४ जना खोल्सा तरेर जाने क्रममा खोलाले वगाएर बेपता भएका छन ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार १६ जना युवाका टोलि असोज १७ गते लाङटाङ ट्रेकिङ जान हिडेका थिए र १८ गते शनिबार गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोला तर्ने क्रममा १६ जना मध्ये ८ जना लाई खोलाले वगाएर वेपता बनाएको थियो ।

१६ जना युवाको टोली गएकामा ८ जनालाई खोलाले बगाएको भएतापनि उनीहरुमध्ये ४ जना सम्पर्कमा आएका र ४ जना वेपता भएका हुन । रसुवा प्रहरीका अनुसार उनिहरू बेपत्ता भएको ठाउँ लाङटाङ जाने बाटो रहेको र उक्त वाटोमा खोल्सा रहेकाले अत्यधिक बर्षाका कारण सोही खोल्सा तर्ने क्रममा एकैचोटि सवै जना तर्न नमिलेका ले पालैपालो खोला तर्न खोज्दा उनी हरूलाई वगाएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस