नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -१९ असोज ।
वडादशैंको १३ औं दिन अथार्त आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ। आइतबार १७ घडी १२ पला अर्थात् दिउँसो १२ बजेर ५६ मिनेटसम्म मात्रै द्वादशी तिथि छ।
. शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद लगाउने गरिन्छ। घरमा आमा बुवा,हजुर बुवा हजुर आमा लगायतका मान्यजनको हातबाट टीका टाला गरी त्यसपछी आफन्त र मान्यजन कहाँ जान्छन्। टाढा रहेका बन्धु, माईती मावली र ससुराली लगायत नाताकहाँ टीका लगाउन जाने प्रचलन छ। यो क्रम विजयदशमीका दिनदेखी कोजाग्रत पूर्णिमासम्म रहन्छ।
पाँच दिनसम्म टिका लगाएपछी आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि वडादर्शैको टीका लगाउने क्रम समाप्त हुन्छ। तर यस वर्ष भने भारी वर्षा र अति भारी वर्षाका कारण बडादशैँको टिका प्रभावित भएको छ।
वर्षासँगै बाढीपहिरोले देशका मुख्य राजमार्गहरुमा बाटो अवरुद्ध भएपछि सरकारले लामो दूरीका यातायात बन्द गरेको कारण टिका लगाउन जान पाएनन् भने टीका लगाउन गएकाहरू त्यतै रोकिएर बसेका छन्।








प्रतिक्रिया दिनुहोस