आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

बालिका बलात्कार अभियोगमा दुई युवक पक्राउ

२०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ( २ हफ्ता अघि) ३५९७ पटक पढिएको
नारी बाटिका


उदयपुर -२१ असोज।

उदयपुरका दुई फरक घटनामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवकहरु पक्राउ छन्।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–२ का १९ वर्षीय संजय सदा र कटारी नगरपालिका–९ का १९ वर्षीय भोजराज परियारलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित पक्षका उजुरीको आधारमा क्रमशः बेल्टार र कटारी प्रहरी टोलीले पक्राउ गरेको हो। हाल दुबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस