आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

सिन्धुपाल्चोकको पाँचकिलोमा बस दुर्घटना हुंदा२० जना घाइते

२०८२ आश्विन २२, बुधबार मा प्रकाशित ( २ हफ्ता अघि) १९२३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सिन्धुपाल्चोक -२२ असोज ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौरमा बस दुर्घटना हुँदा तीन नाबालकसहित २० जना घाइते भएका छन् ।

रामेछापदेखी चरिकोट हुँदै काठमाडौँतर्फ लागेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकखण्डको भित्तामा ठोक्किएर मङ्गलबार साँझ दुर्घटना भएको हो।

दुर्घटना बारे लामोसाँघुमा खबर प्राप्तपछी प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको प्रहरीले जनाएको छ। सबै घाइतेको उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ ।

ासिन्धुपाल्चोक जिल्ला प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य नै रहेको बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस