आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

जेनजी आन्दोलनमा फरार एक कैदी मृत भेटिए

२०८२ आश्विन २२, बुधबार मा प्रकाशित ( २ हफ्ता अघि) १८६१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

उदयपुर -२२ असोज ।

जेन जी अन्दोलनका क्रममा कारागारहरुबाट फरार भएका कैदीहरु मध्ये एक जनालाई मंगलबार रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार ज्यान सम्बन्धी मुद्दामा सुनसरीको झुम्कास्थित कारागारमा २० वर्ष कैद सजाय भोगिरहेका त्रियुगा नगरपालिका वडा नं ८ का तुल बहादुर दनुवारको ३५ वर्षीया छोरा गम्भीर बहादुर दनुवारले झुण्डिएर आत्म हत्या गरेका हुन् ।

दनुवार सुनसरीको झुम्का कारागारमा कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद सजाय भोगिरहेका थिए । दनुवार मंगलबार त्रियुगा नपा ८ राजाबास आफ्नै घर नजिकै १०० मिटर पर सिशौको रुखमा झुण्डिएर मृत अवस्थामा भेटिएका थिए ।

अझै देशभरका कारागारबाट ६ हजारभन्दा बढी कैदीबन्दीहरु फरार अवस्थामा छन् । प्रहरीले सबै फरार रहेका कैदीबन्दीहरुलाई तिब्र रुपमा खोजी गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस