आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

सुनको मुल्य निरन्तर उकालो,आज तोलामा २६ सयले बढ्यो

२०८२ आश्विन २२, बुधबार मा प्रकाशित ( २ हफ्ता अघि) २२३३ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

काठमाडौं -२२ असोज।

पछिल्लो समय नेपाली बजारमा सुनको मुल्य निरन्तर उकालो लागिरहेको छ ।

आज एक दिन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य २ लाख ३८ हजार रुपैयाँ पुगेको हो । जुन मंगलबारको तुलनामा २ हजा् छ सय रुपयाँ बढेर २ लाख ३८ हजार पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ उच्च विन्दुमा पुगेको बताईएको छ । सुनको पछिल्लो मुल्य प्रतिऔंस ४ हजार २५ डलरमा कारोबार भइरहेको छ । तर आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घट्दै २९५५ रुपैयाँमा कायम भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस