आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक

२०८२ आश्विन २२, बुधबार मा प्रकाशित ( ६ महिना अघि) ४९३० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२२ असोज ।

हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ ।

सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेको समयमा विपिनको परिवारले खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गर्न लागेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ले सो सम्वन्धि जानकारी गराएको हो ।

इजरायलमा कृषि अध्ययनका लागी गएका विपिनलाई सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणका क्रममा आतंकवादीहरूले उनलाई अपहरण गरी गाजामा लगेका भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस