
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -२३ असोज ।
बिहीबार विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ। सन् १८७४ मा स्विट्जरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको दिनलाई स्मरणको रूपमा लिन अक्टोबर ९ मा यो दिवस मनाउँदै आईरहेको छ ।
सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाले विश्व हुलाक दिवस घोषणा भएको थियो । त्यसयता विश्वका विभिन्न देशले यस दिवस मनाउन थालेका हुन्। वार्षिक रुपमा मनाईँने दिवसका अवसरमा विश्वका धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक। र हुलाकको महत्व बढाउन विभिन्न कार्यक्रम गर्दै आएका छन्।
आज विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको सन्देशमा हुलाकका माध्यमबाट शहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्कको माध्यमा सहज भएको बताएका छन् ।
त्यसैगरी हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा शहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर्याएको उनले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस