
बिबियु, नारी वाटिका संवाददाता
धादिङ २३ असोज ।
हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भागमा पश्चिमी वायुको केही प्रभाव रहेको छ ।
तर देशका केही भागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले यी प्रदेशहरूमा सामान्य बदली रहेको छ, साथै अन्य पहाडी क्षेत्रमा आंशिक बदली भई तराई भूभागमा मौसम सफा छ।
जस अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने रही यी एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस