आज: २०८३ जेष्ठ २७, बुधबार | Wed, 10, Jun, 2026

यात्रु बोकेको गाडीभित्र एक युवक मृत अवस्थामा भेटिए

२०८२ आश्विन २३, बिहिबार मा प्रकाशित ( ८ महिना अघि) ४४९६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

जुम्ला -२३ असोज।

मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत अवस्थामा भेटिएका छन् । उक्त यात्रु वाहक गाडीमा जुम्ला हिमा गाउँपालिका–१ का २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् ।

मुगुबाट नेपालगञ्ज तर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ११८० नम्वरको गाडीमा बुधबार साँझ करिब साढे ८ बजे जुम्लाको हिमा गाउँपालिका–१ आर्चायमा रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रवीन बाबु रेग्मिले बताउनु भयो ।

“मृतक युवक गाडीमा यात्रा गरिरहने व्यक्ति हुन् उक्त समयमा पनि उनी गाडीमा यात्रा कै क्रममा उनको मृत्यु भइसकेको रहेछ, जुम्लास्थित घरमा ओर्लिने बेला मात्र उनको मृत्यु भएको थाहा भयो,” प्रहरीको भनाई छ ।

“घटनाबारे प्रारम्भिक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस