आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भन्ने भ्रामक समचारको खन्डन

२०८२ आश्विन २४, शुक्रबार मा प्रकाशित ( २ हफ्ता अघि) १६४४ पटक पढिएको
नारी बाटिका


काठमाडौं- २४ असोज ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले भ्रामक समचारको खन्डन गर्नू भएको छ ।

सुक्रबार प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु भन्ने समाचार भ्रामक भएको जनाएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयले आज(शुक्रबार) एक विज्ञप्ति जारी गर्दै यी समाचारमा कुनैपनि सत्तेता तभएको तथा भ्रामक रहेको जनाएको हो।

‘गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछी मुलुकमा उत्पन्न असहज राजनितिक परिस्थतिको केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिएको भन्ने भ्रामक समचार बाहिरिएको थियो ।

साथै सोही विषयलाई लिएर उनीहरुलाई नियन्त्रणमा नलिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’विज्ञप्तिमा उल्लेख छ।

सचिवालयले प्रहरी महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु(व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको जनाएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस