
नारी बाटिका
हुम्ला -२४ असोज ।
हुम्लामा आज बिहान भएको बोलेरो जीप दुर्घटनामा परी बाबु(छोरासहित तीनको मृत्यु भएको छ ।
सुक्रबार विहान हुम्लाको चङ्खेली गाउँपालिका–४ देसीखोलामा उक्त बोलेरो गाडी दुर्घटना भएको हा् । सोही दुर्घटनाका घाइते भएकाहरूको थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको थियो।
घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
त्यस्तै घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जादै गरेको जीप दुर्घटनामा परेको थियो।
कर्णाली प्रदेश०२००१ च १०९१ नम्बर जीप दुर्घटनामा परी मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ मनवीर बुढा, उनका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढा रहेका छन्। त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारणले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए।








प्रतिक्रिया दिनुहोस