आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

डोटीमा ईभी हायस गाडी दुर्घटना हुदा एकजनाको मृत्यु, १९ घाइते

२०८२ आश्विन २५, शनिबार मा प्रकाशित ( ६ महिना अघि) ४६५१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२५ असोज ।

डोटीमा विद्युतीय गाडी (ईभी हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सोही दुर्घटनामा १९ जना घाइते भएका छन्।

आज विहान अछामबाट धनगढी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१(००१ख ३९५६ नम्बरको माईक्रो (हायस) भीमदत्त राजमार्ग अर्न्तगत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेन भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा अछामको मंगलसैन नगरपालिका ९ कि २२ वर्षीया हरिना परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिनु भयो ।

घाइते भएकामध्ये ६ जनाको गम्भीर रहेको छ। यस्तै घाईतेहरूमध्ये केही बालबालिका समेत रहेका छन्। घाईतेहरुलाई उपचारका लागि कैलालीको अत्तरियामा उपचार भैईरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस