आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

केराबारीबाट बोराभित्र पोको पारेर राखिएको ५५ राउण्ड गोली बरामद

२०८२ आश्विन २५, शनिबार मा प्रकाशित ( १0 महिना अघि) ८३०९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२५ असोज ।

भद्रपुरको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीबाट प्रहरीले ५५ राउण्ड गोली फेला पारेको छ।

सेतो बोरामा बाँधिएको अवस्थामा स्थानीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा उक्त गोली फेला पारेका हुन् । यसरी बेवारिसे अवस्थामा बोराभरी केही सामान जस्तो देखेपछी उनले प्रहरीमा जानाकारी गराएसंगै गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

गंगा प्रशादका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरा अवस्थाभित्र पोको पारेर राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस