आज: २०८२ आश्विन २७, सोमबार | Mon, 13, Oct, 2025

धादिङबाट २१९ केजी गाँजा र २ केजी पोल्याङसहित ४ जना पक्राउ

२०८२ आश्विन २७, सोमबार मा प्रकाशित ( १४ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ– २६ असोज ।

धादिङको पृथ्वीराज मार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका(९ खटौटीबाट २ सय १९ किलोग्राम २१ ग्राम गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कानुनले प्रतिबन्धीत गरेको लागुऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनु भयो ।

रोकिराखेको भारतीय नम्बरको बिआर ०१ जिबि ८६५३ नम्बरको मिनि ट्रकमा लुकाइ छिपाइ चितवनतर्फ लैजादैको अवस्थामा आइतबार सवारी साधनसहित बरामद गरिएको हो । प्रहरीका अनुसार टाटा मिनिट्रकको क्याबिन पछाडीको ढालामा फल्स बटम बनाइ निकासी गर्न लागिएको अवस्थामा ३० ओटा साना पोकामा राखेर गाँजा लैजादै गरेको अवस्थामा बरामद गरिएको थियो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बाहुदरमाइ नगरपालिका(४ का २८ वर्षीय दिननाथ यादव र सोही जिल्ला कालिकामाइ गाउँपालिका(१ का ५३ वर्षीय कमल राउत कूर्मिलाई आइतबार लागू औषधसहित पक्राउ गरिएको छ । साथै पक्राउ गरिएकाहरुलाई जिल्ला अदालतमा पेश गरी लागुु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

यस्तै प्रहरीले धुनीबेसी नगरपालिका( ६ धार्केमा २ केजी ४५ ग्राम पोल्याङ,लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचका क्रममा धादि को किराञ्चोकबाट काठमाडौँतर्फ लैजाँदै गर्दा बा प्र ०२ – ०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा २ ओटा पोका प्रहरीले बरामद गरेको हो ।

सो पक्ररणमा पक्राउ पर्नेमा गजुरी गाउँपालिका( ८ का २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राजकुमार लोप्चनलाई प्रहरीले पक्राउ गरिएको थियो । उनीहरुलाईपनि लागुऔषध नियन्त्रण ऐन अन्तरगत अनुसन्धान गरिरहेको छ ।

यससंगै धादिङ ै गजुरी गाउँपालिका(४ गैरीगाउँ चौकीटारमा करिब ५० रोपनी जग्गामा रहेको गाँजा खेती धादिङ प्रहरीले नष्ट गरिएको छ। स्थानीय तथा सार्वजनिक जग्गामा आफै उम्रिएका गाँजाका बोटहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतको टोलीले नष्ट गरेका हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस