आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

विपिनको मृत्यु भएको पुष्टि उनीसहितको शव रेडक्रसको टोली लिन गाजा जाँदै

२०८२ आश्विन २८, मंगलबार मा प्रकाशित ( १ महिना अघि) ३७५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२८ असोज ।

नेपाली बिद्यार्थी विपिन जोशीको हमासले कब्जामा लिएपछी उनको ज्यान गएको पुष्टि भएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न विपिन सहित चारजनाको शव हमासले फिर्ता गर्ने जानकारी दिएको पुष्टि गरेका हुन् ।

कृर्षी अध्ययनको लागी २ वर्षअघि इजरायल गएका विपिन जोशीसहित चार बन्धकको मृत्यु भएको र उनीसहितको अन्य चारजनाको शव लिन रेडक्रसको टोली गाजा क्षेत्र गइरहेको इजरायली सेनाले जनाएको छ।

बीबीसीले जनाए अनुसार हमासले विपिनसँगै गाय इलोज, योसी साराबी र डेनियल पेरेट्जको शव इजरायललाई हस्तान्तरण गने तयारी गरेको हो। शोमबार हमासले २० जीवित बन्धकहरुलाई फिर्ता गरिसकेको छ।

अमेरिकाका राष्ट्रपति ट्रमको पहल कदमीमा मध्यस्तथतामा इजरायल र हमासबीच इजिप्टमा भएको वार्तामा युद्धविराम सहमति भएपछि बन्धकको रिहा र मारिएकाहरुको शब हस्तातरण गर्ने भएको हो।

सम्झौताअनुसार हमासले जीवित २० र मृत २८ बन्धक फिर्ता गर्नुपर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस