आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

राष्ट्रपति पौडेलले हमासको आक्रमणबाट विपिनको मृत्युप्रति दुःख व्यक्त

२०८२ आश्विन २९, बुधबार मा प्रकाशित ( ५ महिना अघि) ५७३६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -२९ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै भन्ने कृर्षी अध्ययनको लागी इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको हमासको गत आक्रमणमा परी मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउनु भएको छ ।

उहाँले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको मृत्यु भएको खबरले आफु स्तब्ध भएको उल्लेख गर्दै शोक व्यक्त गर्नु भएको हो।

राष्ट्रपति पौडेलले जोशीको दुखद मृत्यु भएकोमा श्रद्धाञ्जली व्यक्त गर्नु हुदै उहाँले यस दुःखको घडीमा शोकाकूल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गर्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस