आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

धनकुटामा बसमा परी दुर्घटना, दुईजनाको मृत्यु

२०८२ आश्विन २९, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ३३४९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धनकुटा -२९ असोज।

आज धनकुटामा भएको बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १(०२(००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ को निगालेमा दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा धनकुटाको महालक्ष्मी नगरपालिका ६ कि ५५ वर्षिया गंगा कार्की र सोही नगरपालिका ९ का ६० वर्षिया डिल्लीराम बरालको मृत्यु भएको हो। कार्कीको घटनास्थलमै र बरालको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा अन्य ७ जना यात्रुहरूसमेत घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक विष्णु खड्काले बताउनु भयो।

दुर्घटनाको कारण बस उकालो चढ्ने क्रममा टायर पड्किएर दुर्घटना भएको हुन सक्ने अनुमान गएिको छ । बसको ढोकामा रहेका यात्रु हताहती भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस