आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

काठमाडौँ जिल्ला अदालतको काम नागरिक उड्डयन प्राधिकरणको भवनबाट हुने

२०८२ आश्विन ३१, शुक्रबार मा प्रकाशित ( १ हफ्ता अघि) १६१३ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -३१ असोज ।

जेनजी आन्दोलनका क्रममा आगजानी भई नियमित सेवा ठप्प भएको काठमाडौँ जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको भवन प्रयोग गर्ने भएको छ।

भदौ २४ पछी अदालतको काम कारवाही रोकिएकोमा तिहारपछी काम सुचारु गर्नको लागी प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरण काठमाडौँ जिल्ला अदालतलाई भवन उपलब्ध गराउन सहमत भएको छ।

बिहिबार प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिसँगको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले भवन उपलब्ध गराउन निर्देशन दिनु भएको हो।

प्रधानमन्त्री कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने भएकोले प्राधिकरणले तत्कालका लागि भवन उपलब्ध गराउने समझदारी बनेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस