
नारी वाटिका संवाददाता
भक्तपुर- ३१ असोज।
भक्तपुरबाट ७ राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार ७ राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरिएको जनाएको छ ।
यसरी पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ का ४० वर्षीय गोपाल विक रहेका छन् । विकलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका उनको साथबाट ५६ के एफ १३ उल्लेख लाइभ राउन्ड फेला परेको हो ।
विकलाई भक्तपुर जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर उक्त गोली जेन–जी आन्दोलनका क्रममा लुटिएका हुन् वा होइनन् भन्नेमा यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस