आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

सुतेकै विस्तरामा सर्पले डसेर बालकको मृत्यु

२०८२ आश्विन ३१, शुक्रबार मा प्रकाशित ( १ हफ्ता अघि) १७६८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

झापा -३१ असोज ।

सुतिरहेको बिस्तरामा सर्पको डसाइबाट एक १० वर्षीय बालकको मृत्यु भएको छ । झापाको अर्जुनधारा-११ चाम्लिङ डाँडा घर भएका बालक अनिश राईको मृत्यु भएको हो। निज बालकलाई आफुनै विस्तरामा सुतिरहेको वेला गएराति सर्पले डसेको थियो ।

सर्पले डसेपछी राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याएको थियो । तर त्यहाँ उनको उपचारको संभव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याईएको थियो।

बालकको उपचारका क्रममा आजै बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस