
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -३१ असोज ।
जेनजी समुहले गरेको आन्दोलनमा देशभरका सरकारी तथा निजि गरी खरबौंको समत्ति ध्वस्त हुंदा हात बाँधेर मुख दर्शक बनेको नेपाली सेनाले १ महिनापछी बल्ल आज मुख खोलेको छ ।
आज पत्रकार सम्मेलन गर्दै नेपाली भनेको छ”,कुनैपनि चुनौती सामना गर्न तयार छौँ “।
गत भदौ २३ र २४ मा भएको जेनजीहरुको ४८४ ठाउँमा आन्दोलन भएको थियो भने सोही आन्दोलनको क्रममा घुसपैठ भई देशभरका खरबौंको सार्वजनिक तथा निजि सम्पत्तिमा आगजानी भएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले शुक्रवार पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते जेनजी पुस्ताको देशभरका ४८४ स्थानमा आन्दोलन भएको जनाएको हो। सेनाका अनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको भनाई छ।
नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक मनोज थापाले आन्दोलनका क्रममा ६८८ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ भने २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको बताएको हो।
त्यसैगरी आन्दोलनका क्रममा विभिन्न कारागारबाट १५ हजार ५८८ कैदीबन्दी फरार भएको फरार कैदीबन्दीहरु मध्य ८ हजार ७९९ पक्राउ तथा केही कैदीहरु आफै कारागारमा फिर्ता भएका छन्।
सोही क्रममा प्रदर्शनकारीले ९७८ वटा प्रहरीका हात हतियार लुटिएकोमा ५८६ हतियार फिर्ता ल्याइएको बताएको छ। आन्दोलनका क्रममा मृत्यु भई टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान हुन नसकेको बताए। विशेष परिस्थितिमा निर्वाचन भइरहेकाले चुनौतीपूर्ण रहेको पनि सेनाले बताएको छ।
सेनाको भनाई अनुसार सबैले पहल गरेको खण्डमा निर्वाचनका लागि चाहिने शान्ति सुरक्षाको स्थिति बन्दै जाने र समयमै निर्वाचन गर्न सकिने स्पष्ट पारे।
सेनाका अनुसार आन्दोलनमा विदेशी घुसपैठको सम्भावनाबारे अध्ययनरत रहेको बताएको छ। नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख अनुपजंग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गरी समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी रहेको बताए।
त्यसका लागि नेपाली सेनाले आफ्नो स्रोत, साधन र पेशागत क्षमता बढाउँदै कुनैपनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेको बताए।
उनले आन्दोलनको क्रममा लुटिएका हतियार र फरार कैदी एवं तिनीहरूको समिश्रणबाट आम समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई सेनाले पनि गम्भीरतापूर्वक लिएको बताए।
हतियार र कैदी फिर्ता गर्न सबैले साझा प्रयास गर्न अपिल गरे। सबै मिलेर राष्ट्रिय हितको संरक्षण, संवर्धन र प्रवर्धन गर्न हातेमालो गर्न आह्वान गरे। कुनैपनि चुनौती सामना गर्न तयार छौँ स् नेपाली सेना







प्रतिक्रिया दिनुहोस