आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

सडकमा गुडिरहेका सात सवारीसाधन एकापसमा ठोक्किएर २१ जना घाइते

२०८२ कार्तिक १, शनिबार मा प्रकाशित ( १ हफ्ता अघि) १७९९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

चितवन -१ कार्तिक ।

चितवनको गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ स्थित गाइघाटमा आज बिहान ७ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।

मुग्लिङबाट नारायणगढतर्फ लागेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि आउँदै गरेको ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग २ ख १६२६ नम्बरको बस, त्यस पछाडि न..३ च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार एकआपसमा ठोक्किएका थिए ।

सोही दुर्घटनामा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस