
बिवियु ,नारी वाटिका संवाददाता
धादिङ -८ कार्तिक । ।
हाल देशभरको मौसम प्रणालीमा कुनै उल्लेखनीय प्रभाव नरहेको अवस्था छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। शनिबार दिउँसो कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही दुई स्थानमा आंशिक बदली रहने र बाँकी भू भागमा मौसम मूख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको साथमा हिमपातको सम्भावना रहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस