आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

मौसम सम्वन्धि खबर : आज तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक ८, शनिबार मा प्रकाशित ( १३ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिवियु ,नारी वाटिका संवाददाता

धादिङ -८ कार्तिक । ।

हाल देशभरको मौसम प्रणालीमा कुनै उल्लेखनीय प्रभाव नरहेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। शनिबार दिउँसो कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही दुई स्थानमा आंशिक बदली रहने र बाँकी भू भागमा मौसम मूख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको साथमा हिमपातको सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस