
नारी बाटिका
नारी वाटिका संवाददाता
महेन्द्रनगर -९ कार्तिक ।
हमासको आक्रमणमा ज्यान गुमाएका विपिन जोशीको सम्झनामा कञ्चनपुरको सदरमुकामस्थित एक स्थानलाई ‘विपिन चोक’ नामकरण गरिएको छ ।
शनिबार साँझ उनको सम्झनामा भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘दीप प्रज्वलन गरी विपिन चोक’ नामाकरण गरिएको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।
कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता समेत आयोजना गरिने घोषणा गरे । “साहसिक व्यक्तित्व स्व जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनु भयो ।
उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले रहेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ”, वडाध्यक्ष धामीले भने ।
वडाध्यक्ष धामीले हाल स्थानीयवासी सहितको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताए । दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीबासीको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस