
नारी वाटिका संवाददाता
मुस्ताङ -११ कार्तिक।
मुस्ताङमा लेक लागेर एक जनाको मृत्यु भएको छ।
हालको मौमस सफा भएका कारण पछिल्लो समयमा मुस्ताङ घुम्न जाने पर्यटमकको संख्या बढ््दै गएको हो । तर त्यहाँ घुम्न जाने मात्रै नभएर विशेष गरी मुक्तिनाथ दर्शन गर्न जाने एक जना तीर्थालु मृत्यु भएको हो । मृत्यु हुनेमा ललितपुर उपमहानगारपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएर भँईँमा एक्कासी ढलेका थिए।
उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो। तिमिल्सिनाको उपचार कै क्रममा शोमबार मृत्यु भएको हो।












प्रतिक्रिया दिनुहोस