आज: २०८२ कार्तिक १३, बिहिबार | Thu, 30, Oct, 2025

जेनजी आन्दोलनबाट घाईते देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

२०८२ कार्तिक ११, मंगलबार मा प्रकाशित ( २ दिन अघि) २२०२ पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ -११ कार्तिक ।

नेपाली कांग्रेसका सभापति एवं् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पुर्व पराष्ट्मन्त्री आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नु भएको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा दम्पतीमाथि कुटपिट तथा आक्रमण गरेका थिए। । उक्त आक्रमणबाट घाईते भएका देउवाको काठमाडौंमा उपचार गरिएको भएतापनि सभापति देउवाको टाउकोमा धारिलो हतियार प्रयोगबाट गहिरो चोट लागेको कारण थप उपचारको लागी उहाँहरु गएराती सिंगापुर प्रस्थान गर्नु भएको हो।

साथै आन्दोलनकारीद्वरा देउवाको टाउकोमा धारिलो हतियार प्रयोग हुँदा उहाँको टाउकोको पछाडि भागमा गहिरो चोट लागेको र १२ टाँका लगाइएको थियो।

घटनापछी देउवाको लामो समयसम्म छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई चिकित्सकको सल्लाह तथा सिफारिस अनुसार थप उपचारका लागि सिंगापुर तर्फ जानु भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस