आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

सोलुखुम्बुमा पर्यटकको उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना

२०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ( ६ महिना अघि) ३१९४ पटक पढिएको
नारी बाटिका


घाईते पाइलटलाई थप उपचारको लागी काठमाडौँ ल्याइँदै

बिवियु, नारी वाटिका संवाददाता

धादिङ- १२ कार्तिक ।

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घघनामा पाइलट विवेक खड्का घार्यते भएका र उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै छ।

पाइलट खड्कालाई सामान्य चोट लागेको र अवस्था सामान्य रहेको भएतापनि थप उपचारको लागी काठमाडौं ल्याइन लागिएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिनु भयो।

दुर्घटनामा परेका क्याप्टेन खड्कालाई लुक्लामै रहेको कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेर लुक्ला विमानस्थलमा ल्याएको थियो। थप उपचारको लागी उनलाई नियमित जहाज मार्फत काठमाडौं ल्याइने भएको हो ।

क्याप्टेन खड्का पर्यटकको उद्धारका लागि ९ एन एएमएसको हेलिकोप्टर लिएर बुधबार बिहानै लोबुचे पुगेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस