
नारी बाटिका
बिवियु,नारी वाटिका संवाददाता
धादिङ -१३ कार्तिक ।
आजबाट तिन दिनसम्म ‘मोन्था’ चक्रपातको असर रहने भएको छ । हाल देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव पर्ने देखिएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर साधरणतया बदली छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात समेत भइरहेको र बाँकी प्रदेशका एक(दुई स्थानमा पनि हल्का वर्षासहित हिमपातको भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थान र गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
बिहिबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेमा सबै र गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा को सम्भावना छ।
साथै बाँकी पहाडी भूभागका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ।








प्रतिक्रिया दिनुहोस