
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ- १४ कार्तिक।
सरकारले घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र लिन आवेदन आह्वान गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अब अनुमतिपत्र लिनु पर्ने भएकोले सो का लागी आवेदन आह्वान गरेको हो ।
विभागले एक सूचना जारी गरी तीन करोड रुपैयाँ भन्दा माथीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन भनेको छ ।
अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । विभाग द्वारा प्रकाशित सूचना अनुसार एक पटकमा पाँच करोड रुपैयाँ सम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख रुपैयाँ र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाख रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गा सम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको हो । राजपत्रमा प्रकाशित सूचनामा ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस