आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्क विहीन अवस्थामा

२०८२ कार्तिक १४, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) १८९२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

मुस्ताङ १४ कार्तिक ।

मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्रीहरु तीन दिनदेखि सम्पर्क विहीन भएका छन्।

उनीहरु लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ भन्ने तर्फ निस्किने क्रममा तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पदयात्री सम्पर्क विहीन भएका हुन्।

यस सम्वन्धमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उनीहरू बिहीवार साँझदेखी सम्पर्क विहीन भएका भन्ने सूचना प्राप्त भएको बताउनु भयो।

चीनको तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ, मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्दछ। त्यस क्षेत्रमा भारी हिमपात भएको कारण विदेशी पदयात्रीसहित १४ जना सम्पर्क विहीन भएको अवस्था छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाए अनुसार उनीहरु सम्पर्क विहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित रुपमा बसेको हुनसक्ने अनुमान गरेको छ। उत्त धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उनीहरूलाई कुनै समस्या नपर्ने बताउनु भयो।

हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा निस्किएका उनीहरु दुई साताअघि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरले जनाएको छ।

सम्पर्क विहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उहाँको भनाई छ।

सम्पर्क विहीन पदयात्री सरिबुङबाट मनाङको फु गाउँ हुँदै चाँमे निस्किने योजनामा रहेका व्यवस्थापक मैनालीले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस