आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

मुग्लिन -नारायणगढ (मलेखु खण्ड)मा अत्यावश्यक नपरी यात्रा नगर्नू’

२०८२ कार्तिक १५, शनिबार मा प्रकाशित ( १ महिना अघि) ३०७० पटक पढिएको
नारी बाटिका


फाईल तस्वीर

बिवियु,नारी वाटिका संवाददाता
धादिङ -१५ कार्तिक ।

अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायणगढ–मुग्लिन र पृथ्वीराजमार्ग अन्तर्गतमा पर्ने मुग्लिन–मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासन कार्यलय धादिङले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ एक सूचना जारी गरी वर्षासँगै बिहीबारदेखि निरन्तर रुपमा खसेको स साना पहिरोका कारण यात्रामा जोमिम सक्ने भएकोले अत्यावश्यक काम बाहेक सकरभर यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो।

हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाइ सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीले।  बताउनु भयो।

पहिरो पन्छाउने कार्य भैरहेको छ । तथापि उक्त खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नै परे पनि सावधानी अपनाउन उहाँले आग्रह गर्नु भयो।

जिल्ला प्रशासन कार्यलयले समेत वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने बताएको छ ।

साथै यो सडकमा यात्रा गर्नु पूर्व सडकको अवस्थाको विशेष जानकारी लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।

यात्रा गर्न पूर्व कुुनै जानकारी लिनु परेमा जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी ९८५१२२९८६०,जिल्ला प्रशासन कार्यालय धादिङका सूचना अधिकारीको नम्बर ९८५११९६१३१,जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको नम्बर ९८५१३२२५६४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

त्यसैगरी चितवन जिल्ला प्रशासन कार्यलयद्वारा जारी सुचनामा यात्रा गर्न पूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस