
नारी बाटिका
नारी वाटिका संवाददाता
भोजपुर -१५ कार्तिक ।
भोजपुरमा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालकसहित दुई जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य चारजना समेत घाइते भएका छन्।
चाम्लादाङबाट दिङ्लातर्फ जाँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठले लोड भएको ट्याकटर दुर्घटनामा पर्दा दुई जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाका अनुसार दुर्घटनामा घाइते हुनेमा ऐ.ऐं स्थानका १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ रहेका छन्।
अहिले घाईतेहरुको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस