आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

तेलंगानामा बस-ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

२०८२ कार्तिक १७, सोमबार मा प्रकाशित ( १ महिना अघि) २३५७ पटक पढिएको
नारी बाटिका


समाचार एजेन्सी

भारतको तेलंगाना राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। दुर्घटना आज (सोमबार)बिहान रंगारेड्डी जिल्लाको चेभेला प्रहरी चौकी खानापुर गेट नजिक भएको थियो।

साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकृतले बीबीसीसँग कुरा गर्दै दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। प्रहरीका अनुसार दुर्घटनामा दर्जनौँ घाइते भएका छन् भने घाईते मध्य केहीको अवस्था गम्भीर छ।

तेलंगाना सरकारले सञ्चालन गरेको टीजीएसआरटीसी (Telangana State Road Transport Corporation)को बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

उक्त दुर्घटनाको अवस्था एकमै भीषण रहेको समचार स्रोतले जनाएको छ । बस र ट्रक दुवै सडकछेउमा पल्टिएका थिए। उद्धारकर्मीहरूले घटनास्थलमै रहेका घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्‍याएका छन्।

दुर्घटनाप्रति तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले गहिरो दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै आवश्यक उद्धार र राहतका सबै व्यवस्था तुरुन्त गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस