
नारी बाटिका
बिवियु,नारी वाटिका संवाददाता
धादिङ १८ कार्तिक ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङको सातकिलामा दुइ मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ट्रकले च्यापिएर मृत्यु भएको छ । 
शोमबार साँझ धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ७ मा काठमाडौँबाट महादेववेशी तर्फ आउँदै गरेको बा ७० प १६५१ नं. को मोटरसाइकल र गजुरीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ९७ प २८५२ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा
मोटरसाइकलमा सवार व्यक्ति उछिट्टएर लडपछी ट्रकले च्यापिएर मृत्यु भएको हो ।

काठमाडौँबाट चितवन तर्फ आउँदै गरेको ना ६ ख ३०१३ नं को ट्रकको अगाडिको दाहिने टाएरमुनि च्यापिएर बा ७० प १६५१ नं।को मोटरसाइकल चालक ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक थक्रे गाउँ पालिका वडा नम्बर ६ निवासी अर्याल मोटरसाइकल ठोक्किएपछि लडेर ग्यास सिलिन्डर बोकेको ट्रकमुनी परी टायरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता एव्ं सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो ।
दुर्घटनामा गजुरी गाउँपालिका वडा नम्बर .१ निवासी ३० वर्षीय राजन श्रेष्ठ घाइते भई उपचारको लागी काठमाडौँ तर्फ पठाइएको छ । दुर्घटनापछि फरार भएका ट्रक चालक बेनिघाटरोराङ वडा नम्बर ५ निवासी ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।








प्रतिक्रिया दिनुहोस