आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला

२०८२ कार्तिक १८, मंगलबार मा प्रकाशित ( १ हफ्ता अघि) १५२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

गोरखा -१८ कार्तिक।

गोरखाको पाङबारी हिमाल चढ्न गएका पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।

पाङबारी हिमालको आरोहणमा गएका पहिलो शिविरमा ६७ वर्षीय इटालीका स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनु भयो।

हिमाल आरोही उनीहरु विगत पाँच दिनदेखी वेपत्ता भएका थिए । आज दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ। पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए।

फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका थिए भने उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

उनको साथमा गाइडका लागी गएका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारको लागी काठमाडौं पठाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस