आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

बहुविवाह गरेको कसुरमा एमालेका नेता पासाङ शेर्पा पक्राउ

२०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ( १ हफ्ता अघि) १७३७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं  -१९ कार्तिक।

नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन्। प्रहरीले शेर्पालाई मंगलबार काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको हो।

काठमाडौँ प्रहरी कार्यलयका एसएसपी रमेश थापाका अनुसार, अदालतले बहुविवाह सम्बन्धी मुद्दामा गरेको फैसला कार्यान्वयनका लागि शेर्पालाई पक्राउ गरिएको बताउनु भयो।

अदालतले शेर्पालाई बहुविवाह गरेको कसुर सम्वन्धि मुद्दामा १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय हुने फैसला गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस