आज: २०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

सुनको मूल्यमा गिरावट,आज दुई लाख ३७ हजार २ सयमा कारोबार

२०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ( ८ महिना अघि) ५३३३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- १९ कार्तिक।

पछिल्लो समयमा बजारमा सुनको मूल्यमा केही गिरावट हुंदै गएको छ। आज सुनको मुल्य प्रतितोला रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुन प्रतितोला रू दुई लाख ३७ हजार २ सयमा मुल्य कायम भएको छ । साथै चाँदी प्रतितोला रू दुई हजार ९९० मा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर अनुसारमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस