आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी अविनारायण काफ्लेलाई

२०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ( ११ महिना अघि) १०२३१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१९ कार्तिक ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेलाई दिइएको छ।

प्रहरी प्रधान कार्यालयले सङ्गठनद्वारा सम्पादित नागरिक सरोकारका कामकारबाहीलाई सञ्चार माध्यममा सम्प्रेषण गर्न वुधबार उहाँलाई प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

यसअघि केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे रहनु भएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑