आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

धादिङको गजुरीस्थित अल्फा कवाडी प्लाष्टिक फ्याक्ट्रीमा आगलागी

२०८२ कार्तिक २०, बिहिबार मा प्रकाशित ( १ हफ्ता अघि) १४२७ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता
धादिङ -२० कार्तिक ।

धादिङको गजुरी गउँपालिका १ गलौदीस्थित राम बहादुर रोकाले सञ्चालन गरेको अल्फा कवाडी प्लाष्टिक फ्याक्ट्री (कवाडी समान राख्ने गोदाममा आगोलागी हुंदा उक्त गोदाममा भएको सामानहरु जलेर नष्ट भएको छ ।

आज विहान उक्त कवाडी प्लाष्टिक फ्याक्ट्रीमा आगलागी भएको भनि खबर प्राप्त हुना साथ घटना स्थलमा इलाका प्रहरी कार्यलय गजुरीबाट प्र.नि.बलराम श्रेष्ट को कमाण्डमा १५ जना र भैरब दल गण गजुरी ब्यारेक बाट ३५ जना र सशस्त्र प्रहरी विपद् व्यवस्थापन बेस आदमघाटबाट १० जना टोलि खटि गइ आगो नियन्त्रणमा लिने प्रयास भएको थियो ।

उक्त आगलागीबाट मानविय क्षति नभएको बताइएको छ । आगोलागीको कारण भने खुलिसकेको छैन ।अन्य भौतिक सामानहरुमा क्षति पुगेको छ । प्रहरीका अनुसार हालसम्म क्षतिको बिवरण आउन बाँकि छ ।
आगो नियन्त्रणमा लिनको लागी धुनिवेशी नगरपालिका निलकण्ठ नगरपालिका र गजुरी गाउँपालिकाबाट तिन वटा दमकलले विहान करिव ७ बजेतिर आगो पुर्णरुपमा नियान्त्रणमा आएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस